७० करोडको होटल पोखरामा


पोखरा, ६ माघ / पोखराको लेकसाइडमा होटल शारा वाइ आइडिया सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली तथा विदेशीको लगानीमा १२ तले भवनमा होटल सञ्चालनमा आएको हो । होटलको गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले उद्घाटन गरे ।


उनले पर्यटन वर्ष २०२० लाई सफल पार्न गैरआवासीइ नेपाली संघ लागि परेको बताए । उनले पर्यटकलाई तान्न यस्ता होटलहरु पनि आवश्यक भएको बताए ।होटलमा डिलक्स, सुपर डिलक्स गरेर ६० वटा रुम रहेको होटल शारा बाइ आइडियाका प्रमुख कार्यकारी अधिकृत चक्रपाणि सुबेदीले जानकारी दिए ।होटलको टपमा दृश्य अवलोकनका लागि टावर, पौडी पोखरी छ । होटलको करिब ७० करोडको लागतमा निमार्ण गरेको उनले बताए ।


सोमबार देखि संचालनमा आएको होटल शारा बाई आइडियाले पोखरामा हालसम्मकै सबै भन्दा बढी शुल्क लाग्ने रुम भएको होटल संचालनमा ल्याएको हो । विभिन्न पाँच तहमा विभाजिन गरिएको रुममा अधिकतम उक्त होटलको रुमको शुल्क ५ सय ५५ अमेरीकी डलर नेपाली करिब ६५ हजार निर्धारण गरिएको संचालक सुवेदीले बताए । स्ट्याण्डर, डिलक्स, सुपर डिलक्स, बिशिष्ट भिआइपि, भिभिआइपि सहितको रुमहरु ग्राहकहरुको लागि रहेको संचालक सुवेदीले बताए । उनका अनुसार न्यूनतम ४१ अमेरिकी डलर अर्थात ४ हजार ५ सय देखि ६५ हजार मुल्य बराबरका रुमहरु होटलमा उपलब्ध छन्।
Facebook Comments