६० घरधुरीलाई स्याङ्गजा विरुवा–२ गाबु डाँडाका भू.पू. द्धारा राहत वितरण


२४ भाद्रा २०७७ पोखरा
हुम गुरुङ्ग
स्याङ्गजा विरुवा गाउँपालिका–२, गाबु डाँडाका पोखराबासीहरुलाई राहत वितरण गरिएको छ । कोरोनाको कहरमा अध्यायन तथा रोजगारको शिलशिलामा पोखरामा रही हाल रोजगार गुमाएका तथा आर्थिक अवस्था कम्जोर भएकाहरुलाई वितरण गरिएको हो । पोखराको मिलनटोलमा अवस्थीत राहत कार्यक्रम संयोजक डिल बहादुर गुरुङ्गको घरबाटा २३ जनालाई एक बोरा चामल, १ के.जी. (नुन, दाल र तेल) वितरण गरिएको हो ।


गाबुडाँडा जन्मेर हुर्किएको आफ्नो ठाउँ जो कोहिलाई पनि प्यारो लाग्छ । आफ्नो भविष्य आर्मीमा समर्पित गरि अवकास लिएका यु.के.देखी पोखरा सम्मका भू.पू.हरु द्धारा राहत वितरण कार्यक्रम आयोजना गरिएको हो । आर्थिक अवस्था कम्जोर भएका, जन्म गाउँको माया, सम्बन्धलाई अझ बलियो बनाउन राहत कार्यक्रम ल्याएको संयोजक डिलबहदुर गुरुङ्गले जानकारी गराए । त्यस्तै गाउँबासीहरुलाई हरेक कार्यहरुमा अझ सहयोग गर्ने बाचा गर्नुभएको थियो ।


गाउँ देखी पोखरा सम्मका जम्मा ६० घरधुरीलाई राहात वितरण गएको थियो । जसमा ३७ घरधुरी गाउँ र २३ घरधुरी पोखरामा बसेकाहरु थिए । राहत पाउने महानुभावहरले खुसी हुदै राहतको महसुस भएको बताएका थिए । सोही अवसरमा राहत प्रप्त गरेकाहरु मध्ये विष्णु प्रसाद गुरुङ्गले सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रम गाबु झागडी सम्पर्क मञ्च र श्री कमल चक्र युवा क्लबको आयोजनामा गरिएको थियो भने राष्ट्रिय युवा संघ स्याङ्गजा जिल्ला संयोजक थमन गुरुङ्गले कार्यक्रमको सहजिकरण गरेको थियो ।
Facebook Comments