१ लाख २० हजार नगदसहित ६ जुवाडे पक्राउ, प्रहरीलाई घुस दिन खोज्ने प्रहरीकै फन्दामा


महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले जुवातास खेल्ने ६ जनालाई पक्राउ गरेको छ ।प्रहरीले काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–९ स्थित प्रकाश पाख्रिनले सञ्चालन गरेको पपुलर्सबार एण्ड सेकुवा कर्नरमा जुवा तास खेलिरहेको अवस्थामा १ बुक तास र नगद १ लाख २० हजार ६ सय ४० रूपैयाँ सहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।त्यस्तै महानगरीय प्रहरी कार्यालय रानी पोखरीले काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वर सडक खण्डमा महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथलीबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।रत्नपार्क–थानकोट चल्ने बा२ख ६१८६ नम्बरको गाडी चालक धादिङ माधव बेशी–२ घर भइ काठमाडौं सतुङगल बस्ने ३३ वर्षीय एक बहादुर तामाङलाई नियन्त्रणमा लिइएको हो ।सवारी साधन चेकजाँच गर्दा कागजपत्र नभएकाले प्रहरीले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न तामाङले नगद १ सय दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments