१८ महिने आधारभूत अगुवा तालिमको दिक्षान्त


विगत लामो समय देखि परमेश्वरको सेवाको लागि विभिन्न आत्मिक तथा सामाजिक कार्यहरु गर्दै आइ रहेको समुह फ्रन्टलाइनर्स नेपालको आयोजनामा संचालित १८ महिने आधारभूत अगुवा तालिमको सहभागिहरुलाइ एक विशेष समारोहका विच नदिपुर चर्च पोखरामा आज दिक्षित गरिएको छ।एक इमान्दार र अनुशासित आत्मिक जीवन जिउनको लागि विश्वासीहरुको माझमा अगुवापन तालिमको अपरिहार्यतालाइ मध्यनजर गर्दै संस्थाले सन्चालन गरेको तालिममा १९ जना प्रशिक्षार्थीहरुले नियमित सहभागिता जनाएको जनाकारी गराएको थियो। संस्थाको सदस्य राकेश पुनको प्रार्थना पस्चात औपचारिकता पाएको कार्यक्रममा संस्थाकै अध्यक्ष तथा जागृती चर्चका पास्टर गिरिप्रसाद गर्बुजाले दिक्षित प्रशिक्षार्थीहरुलाइ तालिममा प्राप्त गरेको शिक्षालाई व्यबाहारमा कार्यन्वयन गर्न र अरुलाइ पनि सिकाउनलाइ हौसला दिनु भएको थियोे ।नदिपुर चर्च र जागृती चर्चका अगुवा तथा विश्वासीहरुको गरिमामय उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थीहरुलाइ प्रमाण पत्र समेत हस्तान्तरण गरिएको थियो। संस्थाको सदस्य बाल कृष्ण नेपालिद्वारा संचालित कार्यक्रममा, फ्रन्ट लाइनर्स नेपालको तालिम संयोजक राजु सिं ठकुरीले धन्यवादको शव्दहरु राख्नु भएको थियो भने नदिपुर चर्चको पास्टर मेथ्यु फिलिपले आशिर्वादको प्रार्थना गरि कार्यक्रम समापन गर्नुभएको थियो।




Facebook Comments