१३ औं बि.टी कप शुरु, सुदिपको डबल ह्याट्रिक

पोखराको पुरानो टुडिखेलमा सोमबारदेखि तेस्रो विरेन स्मृति १३ औं बि.टी कप सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
बुद्धटोल युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा वि.टी ओरेन्ज(पहेलो)ले एल ए रातोलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । एलका लागि सन्देश सापकोटाले गोल गर्दै लिएको अग्रतालाई जोगाउन भने सकेनन् । बि.टी ओरेन्जका सुदिप पाठकले डबल ह्याट्रिक गरे । सन्नी गुरुङले एक गोल गर्दै फराकिलो गोल अन्तरको जित सुनिश्चित गरे ।
बर्तमान आधुनिक समाजको स्वरुप संरचना र समाजिक ज्ञान शिक्षा र स्वास्थ्यको लागि खेलकुदको नारा दिदैं आगामी चैत १८ गतेदेखि २३ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । क्लबस्तरीय नकाउट फुटबल प्रतियोगितामा ५८ टोलीको सहभागिता रहेको छ । पोखराको पुरानो टुडिखेलमा आयोजना गरिएको उक्त प्रतियोगिताको विजेताले १ लाख ३१ हजार १११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेता क्लबले भने ८० हजार १११ रुपैयाँ नगद पाउने क्लबले जनाएको छ ।
प्रतियोगितामा बिद्यागत पुरस्कारको ब्यवस्था गरेको उल्लेख गर्दै उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र स्टा«ईकरलाई जनही ३ हजार सहित ट्रफिले पुरस्कृत गरिने छ । अनुशासित एक टिमलाई नगद रु ७ हजारको साथमा शिल्ड प्रदान गरिने छ । प्रतियोगितालाई नेपाले खलक भिचुक –७ कास्की, बि.टी हङकङ, र बि.टी युकेले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको उदघाटन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले गरेका थिए ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *