स्व. महेश खड्का स्मृति भलिबल प्रतियोगिता २०७७ को तयारी हुदै

6 / 100

हुम गुरुङ्ग
शनिबार, ८, फागुन
युनाईटेड पोखरा क्लब कास्कीद्धारा महेश खड्का स्मृति भलिबल प्रतियोगिता २०७७ आयोजना हुदैछ । स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने मुल नारालाई आत्मसाथ गर्दै खेलाडी प्रतिको सम्मान प्रतियोगिता आयोजना गरिएको हो । स्व. महेश खड्का (भलिबल खेलाडी) को सम्झनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो । फाल्गुन १२ गते देखी १५ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता क्लब स्तरीय रहने छ ।
प्रतियोगितामा क्लब स्तरिय पुरुष भलिबल तर्फ प्रथम र द्धित्तिय पुरस्कार क्रमश ८० र ५० हजार शिल्ड मेडल र प्रमाण–पत्र त्यस्तै महिला तर्फ प्रथम र द्धित्तिय पुरस्कार क्रमश २५ र १५ हजार शिल्ड मेडल र प्रमाण–पत्र र उत्कृष्ट विधाका पुरस्कारहरु वितरण गरिनेछ ।
प्रतियोगितामा सहभागि हुन फागुन ११ गते दिउसँसो ३ः०० बजेसमम टिम दर्ता गर्न सकिनेछ भने साँझ ५ बजे सामाजिक सञ्जालमार्फत खेल तालिका प्रकाशन गरिनेछ ।
प्रतियोगितालाई भव्य र सब्य रुपमा सम्पन्न गर्नका लागी सम्पूर्ण खेलप्रेमी दर्शहरुमाझ आह्वान गरिएको छ । प्रतियोगिता अबधिभर पोखराको कलाकारहरुद्धारा विविध संस्कृतिक कार्यक्रहरुको प्रस्तुती रहने छ ।
प्रतियोगिता खेल क्षेत्रमा अतुलनिय योग्दान दिएको भलिबल खेलाडी स्व. महेश खड्काको सम्मान र सम्झनामा आयोजना गरिएको हो । प्रतियोगिताको तयारीहरु तिब्र गतिमा भईरहेको जानकारी युनाईटेड पोखरा क्लबका अध्यक्ष अनिल गुरुङ्गले जानकारी दिनुभएको छ ।

0Shares

Facebook Comments