स्वास्थ्य सेवा, सरसफाई र दमकल बाहेक पोखरा महानगरका सबै सेवा बन्द


पोखरा महानगरपालिकाले चैत्र २१ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।
महानगरका मेयर मानबहादुर जिसीले कोरोना भाइरस रोकथामका लागि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका हुन्।
‘महानगरले प्रदान गर्ने स्वास्थ्य, सरसफाई र दमकल सेवा मात्र संचालन हुनेछन्,’ उनले भनेका छन्।
महानगरका सुचना अधिकारी भरतमणि बराल सुचना जारी गरेर सर्वसाधारणलाई अत्यावश्यक बाहेक अन्य सेवा लिन नआउन समेत भनेका छन्।
सूचनामा सेवा बन्द भएपनि महानगरका वडा सहितका कार्यालयहरू खुल्ने र कर्मचारी अनिवार्य उपस्थित हुनुपर्ने उल्लेख।
कोरोना भाइरसबाट सर्तकता अपनाउन यस्तो निर्णय गरेको भन्दै बरालले सजकता अपाउन महानगरबासीलाई आग्रह गरे ।
सूचनामा कोरोना भइरसको संक्रमणबाट जोगिन कुनैपनि अफवाहको पछि नलागि आवश्यक सचेतना अपनाउन, अनावश्यक रूपमा भिडभाडमा नजान, संयमित रहन, संभावित जोखिमहरुलाई आधार बनाएर खाद्यन्न, ग्यास, तेल तथा अन्य पेट्रोलियम पदार्थको कृत्रिम अभाव नगर्न नगराउनु हुन सबैमा महानगरले अनुरोध समेत गरेको छ।
Facebook Comments