स्याङ्गजामा हेल्प डेक्सद्धारा विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग


हुम बहादुर गुरुङ
२०७८ बैशाख २७, पोखरा,
स्याङ्गजा जिल्लामा राष्ट्रिय युवा संघ नेपालद्धारा सञ्चालित हेल्प डेक्सद्धारा विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तर गरिएको छ । नयाँ भेरियन्ट कोरोना (कोभिड १९) भाईरसको संक्रमण बढेसंगै रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य सामाग्री जिल्ला अध्यक्ष पारस गैरेलाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य सामाग्रीहरु सेनिटाईजर र माक्सहरु प्राप्त गरेसंगै भाईरस रोकथाम र नियन्त्रणको लागी जिल्लाका विभिन्न ठाउँहरुमा वितरण गरिने अध्यक्षले प्रतिवद्धता जनाएको छ ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा युवा संघ केन्द्रिय सचिव अमित पौडेल, युवा संघ विरुवा गाउँपालिका संयोजक अब्बु मिया लगायत हेल्प डेक्स टिमहरुको उपस्थितिमा गरिएको जानकारी विरुवा गा.पा. संयोजक अब्बु मियाले जानकारी दिएको छ ।






Facebook Comments