स्याङ्गजाको विरुवामा विरुवा बजार मेला ०७७ आयोजना हुदै

6 / 100

हुम च्हाक्ली तमु
०७७ चैत्र ८, पोखरा
स्याङ्गजाको विरुवा गाउँपालिका विरुवा बजारमा विरुवा बजार मेला २०७७ आयोजना हुदैछ । “विकास अनुशासन, गतिशिलता, हामी विरुवा बाजारबासी युवाहरुको प्रतिबद्धता” भन्नने मुल नाराका साथ मेला आयोजना गरिएको हो । मेलाले त्यस क्षेत्रमा रहेका आर्थिक विकास, धार्मिक, संस्कृतिक, सामाजिक, खेलकुदको संरक्षण र विकासका टेवा पु¥याउनेछ । वर्षेनि फागु पूर्णिमाको अवसरमा निरन्तर मेला संञ्चालन भईरहेको मेलाको छुट्टै अस्तित्व र पहिचान बोकेको छ ।
मेलामा पुरुष भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, ख्याति प्राप्त राष्ट्रिय कलाकारहरको प्रस्तुति, हास्या व्याङ्गय प्रस्तुति, छेलो प्रतियोगितामन साथै स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।
चैत्र १६ देखी १९ गते सम्म चल्ने उक्त मेलामा भलिबल तर्फ प्रथम, द्धित्तिय, तृतीय क्रमस ६५, ४० र २० हजार, कप मेडल प्रमाण पत्र रहेको भने अन्य प्रतियोगितामा आकर्ष पुरस्कारको व्यवस्था रहने छ ।
मेलालाई सम्पन्न गर्नको लागी बाल कन्य युवा क्लबको नेतृत्वमा समाज कल्यण आमा समुह, बजार व्यवस्थापन तथा विरुवा उद्योग बाणिज्य संघ, विरुवा ईकाई समितिको समन्वय रहेको छ । मेलामा कार्यक्रम संयोजक, अब्बु मियाँ, सह संयोजक सविन के.सी, खेलकुद संयोजक सन्तोष राना तथा क्लब अध्यक्ष विरबल खड्का रहेको छ ।
मेलाको उद्देश्य बालकन्य युवा क्लबको नाममा जग्गा खरिद गरी भवन निर्माणका साथै खेलमैदान निर्माण गरिने हुदा सम्पूर्ण महानुभावहरुलाई आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गरिदिनुहुन कार्यक्रम संयोजक अब्बु मियाले जानकारी दिएको छ ।

0Shares

Facebook Comments