स्याङ्गजाको उपभोक्ताहरु मुल्य बृद्धिको मारमा


२०७७ बैशाख १७, पोखरा
हुम बहादुर च्हाक्ली तमु
स्याङ्गजाको विरुवा गाउँपालिका भित्र रहेका साना तथा ठुला व्यापारीहरुले लकडाउनको भरपुर फाइदा उठाउदै सोझा उपभोक्ताहरु ठगिरहेको छन् । उपभोक्ताले सदाको भन्दा बढी मुल्यमा तिरेर खरिद गरिरहेको छ । सदरमुकाम स्याङ्गजा बजारदेखी करिव १७ किलोमिटरको दुरीमा विरुवा गाउँपालिका रहेको छ । धुवानीको लागी इन्धनको मुल्य घटेको तथा सडकमा सहजै धुवानी गरिन्छ । विरुवा गाउँपालिका वडा नं.–२, अर्चले भञ्ज्याङ्ग तथा विरुवा गाउँपालिकामा सदरमुकाम भन्दा अधिक मुल्यमा अति आवश्यक सामाग्रीहरु विक्रि गरिरहेको छ । विरुवा गा.पा.–२, अर्चले भञ्ज्याङ्गम रिचार्ज कार्ड = ११०, प्रति के.जी. गोलभेडा = ९०, प्याज = १००, तेल = २००, चिनि = १००, दाल = १४०, चना = १४०, नुन = ३०, अण्डा = ३८० (प्रति क्यारेट) तथा अन्य खाद्यान्नको मुल्य यसरी नै बढाइएको छ । विरुवा बजारमा प्याज = ७०, तेल = १९०, आलु = ५५, करेला = १४०, गोलभेडा = ७०, स्याउ ३५०, भेन्टा = ८०, अण्डा = ३२० (प्रति क्यारेट) रहेको छ । स्याङ्गजा बजारमा रिचार्ज कार्ड = १००, गोलभेडा = ६०, प्याज ५५, तेल = १७०, चिनी, ८०, दाल = १००, चना = ११०, नुन = २० रहेको छ । त्यस्तै अरु अत्यावसेक सामाग्रीहरु एवंम् रितले बृद्धि गरिरहेको छ । जुन सुचना सम्बन्धित निकाय वडा कायालय तथा पालिकालाई जानकारी गरिएतापनि कुनै अनुगमन गरिएको छैन । खुलेआम रुपमा उपभोक्ताहरुलाई ठगिरहेको छ । यो कार्य प्रति स्थानिय अति नै असन्तुष्ट तथा त्यहाका युवा हरु आक्रोसित भएको छन् । त्यस्तै कोरोना राहात वितरण अभियानमा पनि अनियमितता र गरिब तथा मज्दुर वर्गहरुले राहात नपाएको जनगुनासो गरिरहेका कुरा सम्बन्धित स्थानियहरुले जानकारी गराएका थिए ।
Facebook Comments