स्याङजाको बिरुवामा विरुवा बजार मेला २०७७ सुरु हुदै

10 / 100

हुम च्हाक्ली तम
२०७७ चैत्र १५, स्याङ्गजा,

स्याङ्जाको विरुवा गाउँपालिकामा विरुवा बजार मेला २०७७ सुरु भएको छ । फागुपुर्णिमाको अवसरमा आयोजित मेला बालादेवी मन्दिरमा पुजा गरि सुभारम्भ भएको हो । मेलाको पहिलो दिन बालादेवी मन्दिरमा पुजारी सुक बहादुर गाहा मगर र केहर सिंह थापा द्धारा संयुक्त पुजा गरि शुभराम्भ भएको हो । आफ्नो सन्तान बालापनको समयमा विभिन्न कारणबाट अस्वास्थ हुदा स्वास्थ्व लाभ तथा उज्वल भविष्यको कामना गर्दै मन्दिरलाई भाकल गरे पुरा हुने जनविश्वास रहेको छ । मन्दिरमा पुर्णमाको दिन पुजा भएपनि विशेष फागुपुर्णिमाको दिन अधिक मात्रामा भक्तजनहरुको भिड लाग्दछ । मन्दिरमा बलि दिएको चिजहरु घर लाना नहुने बाहिरै खानुपर्ने कथनका कारण खोला किनार होटलहरुमा पकाएर खाने प्रचलनले मानिसहरुको भिड लाग्दछ । सोही भिडभाडबाट विरुवा बजार मेला पनि शुभारम्भ हुनेछ ।
मन्दिरमा पुजा गर्न स्याङ्गजा, पोखरा, तनहुँ, काठमण्डौ, भक्तपुर, चितवान, बुटवल, पाल्पा लगायतका देशका विभिन्न ठाउँहरुबाट भक्तजनहरुको उपस्थिति रहेको थियो ।

आज विहान करिव ७ बजे देखी सुरु भएको पुजा दिउसो २ बजे सम्म चलेको थियो । श्रदालु भक्तजनहरु लाईनमा आफ्नो पुजा सामग्रीको साथमा लामबद्ध रुपमा बसेका थिए । मन्दिरमा पुजा गर्न सहज वाताबरण मिलाउन ब्यवस्थापन समितिलाई हम्मेहम्मे भएको दियो भने भक्तजनहरुद्धार सहज रुपमा पुजा गर्न नपाएको जनगुनासो आईरहेको थियो ।
मेलामा स्थानिय स्तरमा उत्पादित कृषि जन्य बस्तुहरु तथा घरायसीे औजारहरु खरिद विक्र गर्नका लागी स्थानियबासीहरुको भिड लागिरहेको छ ।
मन्दिरलाई थप व्यवस्थापन गर्नका लागी कमल बहादुर खड्काको अध्यक्षतामा उपाध्यक्ष दिर्घ बहादुर थापा, सचिव हिमाल जंघ के.सी, कोषाध्यक्ष तुल बहादुर खड्क, सदस्यहरु, राजिन्द्र कुमरा के.सी, धनप्रसाद सुनार, तारा बहादुर राना, चित्र बहादुर राना, खुम बहादुर थापाको कार्यसमिति बनेको छ । आगमी दिनमा मन्दिरलाई थप व्यवस्थापन गर्दै लैजाने कोषाध्यष तुल बहादुर खड्काले बताए । यो संगै विरुवा बजार मेला २०७७को सम्पूर्ण तयारी पुरा भैसकेको र भोलि कार्यक्रम उद्ध्घाटन हुने जानकारी कार्यक्रम संयोजक अब्बु मियाले दिएको छ ।

0Shares

Facebook Comments