सुबिन भट्राईको ‘समर लभ’ के चलचित्रमा पनि उतिकै स्थान बनाउन सक्ला त ?

उपन्यास्कार सुबिन भट्राईको चर्चित उपन्यास ‘समर लभ’ माथि बनेको फिल्म ‘समर लभ’ को फस्ट लुक रिलिज गर्दै प्रदर्शन मिति तय गरिएको छ । फिल्मलाई निर्माण पक्षले यही सालको प्रेम दिवसको अवसर पारेर माघ २५ गते प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।

 

यो चलचित्रबाट आशिष र रेवतीले डेब्यु गर्दैछन् । आशिष चलचित्रमा आउनु अगाडि मोडलिङमा व्यस्त थिए भने रेवती भारतको तर्फबाट ‘मिस इन्टरनेशनल’ विजेता हुन् । उनले भारतमा केही चलचित्रमा अभिनयको अनुभव संगालिसकेकी छिन् । रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’,‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । यो चलचित्रलाई मुष्कान ढकालले निर्देशन गरेका हुन् । मुस्कानले ‘नाई नभन्नु ल ३’ निर्देशन गरेका थिए ।

निर्देशक ढकालले भने–‘किताबको हाइप पूरा गर्न पनि हामीले धेरै मेहनत गर्नुपर्ने थियो । अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको चलचित्र तयार पार्न सफल भएका छौ ।’ सुबिनको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन् । चलचित्रमा सुविन र सामिप्यको संवाद छ । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता छन् । स्वपन सरकार र मनोज बिक सह–निर्माता रहेको चलचित्रका लाइन प्रोड्यूसर एकराज तामाङ हुन् । चलचित्रमा पुष्पन प्रधानको संगीत, सञ्जय लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *