समापन भयो १५औं बिरुवा बजार मेला २०७८

6 / 100

चैत्र ७ गते, स्याङजा
फागुपूर्णिमाको अवसरमा आयोजित १५औ बिरुवा बजार मेला २०७८ स्याङजा बिरुवामा सम्पन्न भयो । संविधान सभा सदस्य तथा जिल्ला सभापती माननिय राजु थापाको प्रमुख आतिथ्यतामा मेला समापन गरिएको थियो ।
समापन समारोहमा चर्चित लोकप्रिय भाईरल लोक दोहोरी गाएक श्याम राना, राष्ट्रिय लोकदोहारी गाएक शंकर विरही गुरुङ, चिना थापा, हास्य कलाकार दिपक थापा, कमला गैरे, घनश्याम रिजाल, लोकनाथ साप्कोटा तथा स्थानिय कलाकारहरुको उपस्थितमा हजारौ दर्शकहरुलाईं मनोरञ्जन दिलाएका थिए ।
मेलामा घरायसी प्रयोजनमा आउने कृषि सामग्री, लत्ताकपडा, बाल उद्यान, विभिन्न स्वादिष्ट खानाका परिकारहरु, मनोरञ्नजनात्मक खेलहरुले मेलालाई थप आकर्षक बनाएको थियो ।
समापनका दिन मौसम प्रतिकुल भई पानी पर्दा भलिबल खेल स्थगीत भयोे त्यस्तै स्टेज प्रोग्राम भने सञ्चालन गरिएको थियो । उपस्थित दर्शकहरु छाता ओडेर पनि संस्कृतिक मनोरञ्जन लिईरहेको थियो ।
समापन समारोहमा नेपाली कांग्रेस महासमिति सदस्य डोल बहादुर खड्का, पूर्व महाधिवेशन प्रतिनिधि कमल खड्का, जिल्ला कार्यसमिति सदस्य लक्ष्मि केसी, क्षेत्रीय सह–सचिव पशुपती पोख्रे, पालिका सभापती डोलराज पोख्रेल, निवर्तमान सभापती युवाराज के.सी. पालिका उपसभापती सचिन क्षेत्री.तथा नेकपा एमाले विरुवा गाउँपालिका पार्टीअध्यक्ष प्रकाश थापा, अनेरास्ववियु केन्द्रिय सदस्य खेम मरासेनी लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।
मेला समापन समारोहको सभापती उद्योग बाणिज्य संघ ईकाइ विरुवाका राजेन्द्र केसी रहेको थियो भने कुशल कार्यक्रम सञ्चालक गोविन्द थापा सिंजाली मगर रहेको थियो । मेला भव्य र सभ्य रुपमा सम्पन्न भएको र पुरुष भलिबल खेल भने बाँकी रहेको जानकारी कार्यक्रम संयोजक अब्बु मियाले जानकारी दिए ।

0Shares

Facebook Comments