समर्थक १७ जना आवासीय चिकित्सक शिक्षण अस्पतालबाट पक्राउ


२०७५ माघ १८ शुक्रबार
आवासीय चिकित्सकहरुले डाक्टर केसीको समर्थनमा निकालेको र्यालीमा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई पक्राउ गरेको छ।
शिक्षण अस्पताल बाहिर प्रदर्शन गरिरहेका १७ जनालाई चिकित्सकहरुलाई प्रहरीले गिरफ्तार गरेको हो। प्रकाउ पर्नेहरुमा रेजिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष डा सुमित पाण्डे, डा विशाल अग्रवाल, डा अमित शर्मा, डा बद्री अर्याल लगायतका १७ जना छन्।
पक्राउ परेका चिकित्सकहरुलाई नेपाल पुलिस क्लबमा राखिएको अभियन्ता प्रितम सुवेदीले जानकारी दिएका छन्।
त्यस्तै नेपाल चिकित्सक संघले आज देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ
Facebook Comments