सञ्चार सहकारीको छात्रवृत्ति वितरण


पोखरा, ३ चैत / सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । सिटी स्क्वायर बैंक्युट न्युरोडमा सञ्चालक समिति, लेखा समिति तथा अन्य १२ वटा उपसमिति समेतको संयुक्त बैठकसँगै सञ्चार गरिब तथा जेहन्दार छात्रबृत्ति वितरण गरिएको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चार गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट नवीन मा. वि. गैरापाटनमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी नर बहादुर गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको हो । आगामी शैक्षिक शत्रको लागि उनलाई ५ हजार रुपैयाँ संस्थाका अध्यक्ष ढुंगानाले हस्तान्तरण गरे ।
संस्थालाई महत्वपूर्ण योगदान गर्ने ६ जना शेयर सदस्यलाई पनि सोही अवसरमा सम्मान गारियको थियो । सोही अवसरमा फÞेलोशिप कार्यक्रम पनि आयोजना भएको उनले बताए । अध्यक्ष विनोद ढुंगानाको सभापतित्वमा आयोजित कार्यक्रममा उपाध्यक्ष प्रेम प्रसाद दाहाल, सचिव पवित्रराज तिवारी, कोषाध्यक्ष युवराज खनाल, लेखा समिति संयोजक रेशम खड्का, विभिन्न उपसमितिका संयोजकहरूले आ–आफ्नो भनाइ राखेका थिए ।
पोखराको न्युरोडमा रहेको सहकारीको निक्षेप १३ करोड़ ७० लाख रुपैयाँ, शेयर पुँजी ४ करोड ५० लाख रुपैयाँ, ऋण लगानी १३ करोड ३५ लाख रुपैयाँ रहेको सचिव पवित्रराज तिवारीले जानकारी दिए । सहकारीमा २ सय २६ जना सेयर सदस्य छन् ।
कास्की जिल्ला कार्यक्षेत्र रहेको सहकारीले एसएमएस बैंकिङ, सर्वशुलभ ब्याजदरमा छिटोछरितो कर्जा लगानी, बचतमा उच्चतम ब्याजदर, रेमिट्यान्स सुविधा लगायतका सेवा प्रदान गर्दै आइरहेको अध्यक्ष ढुंगानाले जानकारी दिए । ‘सेयर सदस्यहरुको हकहितमा विविध कार्यक्रम गर्दै आइरहेका छौं,’ उनले भने
Facebook Comments