संक्रमितसँग सम्पर्क भएपछि मन्त्री ढकालको कोरोना जाँच्न स्वाब निकालियो

8 / 100

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भेट गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको छ। उनको कोरोना जाँच्न मंगलबार स्वाब लिइएको गरिएको स्वास्थ्य सचिव यादव कोइरालाले बताए।

‘उहाँसँग जम्काभेट भएको मानिसलाई कोरोना देखिएको रहेछ। त्यो भेट पनि धेरै बेर होइन’ उनले भने, ‘पछि ती व्यक्तिमा कोरोना देखिएपछि उहाँको स्वाब लिइएको छ। उहाँ भने अहिले पुलचोकस्थित निवासमै हुनुहुन्छ।’कहाँका संक्रमितसँग मन्त्री ढकाल सम्पर्कमा आएका थिए भन्नेबारे भने उनले खुलाएनन्। मन्त्री ढकाललाई कोरोना लागेको भन्ने हल्लामात्र भएको उनले बताए।‘भेट भएको पाँचदिन भयो, ती व्यक्तिलाई कोरोना देखिएपछि जाँचौं न भनेर जाँच्नुभएको हो,’ उनले भने।

स्वास्थ्यमन्त्रालयमा काम गर्ने अन्य कर्मचारीको समेत कोरोना जाँचका लागि स्वाव संकलन गरिएको सल्लाहकार डाक्टर खेम कार्कीले बताए।‘स्वास्थ्यसेवा विभागमा काम गर्ने एक जना डाक्टर कन्ट्याक ट्रेसिङको लागि कपिलवस्तुमा गएर आएपछि संक्रमित भएकाले कन्ट्याक ट्रेसिङको कार्यविधि अनुसार सबैको जाँच गर्नुपरेको हो,’ उनले भने।

0Shares

Facebook Comments