श्रीमतीकाे उपचार गराउन दाहाल अमेरिका जाँदै

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका जाने भएका छन् ।

अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उनी आइतबार साँझ अमेरिका प्रस्थान गर्न लागेका हुन।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ। सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ। उनकाे गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *