निर्माणधिन गोर्खा स्मारक स्थलमा अवलोक भ्रमण

8 / 100


१६, श्रवण, पोखर,
हुम बहादुर च्हाक्ली तमु,


फेदिखोला १, साल्मेडाँडा, स्याङजामा वीर गोर्खालीको स्मृतिमा निर्माणधिन गोर्खा स्मारक स्थलमा अवलोक भ्रमण गरेको छ । सन् १८१४ को नेपाल अंग्रेज युद्धदेखि विश्वमा विभिन्न देशका युद्धभुमिहरुमा मारिएका ६०, हजार भन्दा बढी बीर गोर्खालीहरुले बीरगति प्राप्त गरेको स्मृतिमा निर्माण गरिएको हो । युद्धकालमा विरगति प्राप्त गरेका सम्पूर्ण बीर नेपालीहरुको योगदान तथा अन्तिम संस्कार कुनै तहबाट भएको छैन । उक्त पिर वेदनालाई मनन् गरी सम्पूर्ण गोर्खा आर्माहरुको जमातले गोर्खा स्मारक ट्रस नामक संस्था स्थापना गरी सम्पूर्णको एकै ठाउँमा संस्कार गराउने योजना अगाडी बढाएको हो । उक्त योजनाको पहिलो चरणमा समाधिं निर्माण कार्य हाल अन्तिम चरणमा पुगिसकेको छ । उक्त स्थानमा समाधि लगायतका विभिन्न योजनाहरु संस्थाले अपनाएको छ । जहाँ पर्यटकहरुको लागी आकर्षक केन्द्र विन्दु बन्नेछ ।
समितिका अध्यक्ष जंग बहादुर गुरुङ, महासचिव चन्द्र बहादुर गुरुङ लगायतका सदस्यहरुद्धारा निर्माधिनका सम्पूर्ण जानकारी उपस्थीत अतिथिहरुलाई गराएको थियो । ट्रसको पहिलो योजना लगभग अन्तिम चरणमा पुगेको अध्यक्ष गुरुङले बताए । प्राविधिक त्रुटिहरुले गर्दा समयमा सम्पन्न हुन नसकन, विगतको त्रुटिहरुलाई औलाउदै पारदर्शिताको आधारमा अगाडी बढिरहेको छ । ट्रसको योजना अनुरुप सम्पन्न गर्नको लागी सम्पूर्ण नेपालीहरु समक्ष आर्थिक, भौतिक, नैतिक रुपमा सहयोगका लागी अध्यक्ष गुरुङल अनुरोध गरेकोे ।
अवलोकन कार्यक्रममा उपस्थित प्रदेश मन्त्रलायका सचिवहरुद्धारा हुन सक्ने आर्थिक, भौतिक, नैनिक सहयोगको आसवासन दिएका छन् । गण्डकी प्रदेश पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रमुख सचिव डा. दामोदर रेग्मीले स्याङजा जिल्लालाई पर्यटकहरुको आकर्षक गन्तव्य बन्न सक्नेमा जोेड दिएको छ । स्याङजामा पनि पर्यटकहरुको आकर्ष केन्द्र बन्ने भुभागहरु धेरै रहेकोले सवै मिलि भोलिका दिनमा पर्यटकहरु थप टेवा पुग्ने रेग्मीले बताए ।
अवलोकन भ्रमणमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा गणेशमान गुरुङ्ग, गण्डकी प्रदेशका मुख्य सचिव डा. दामोदर रेग्मी, अर्थ मन्त्रालय सचिव, रमेश कुमार के.सी, भुमि व्यवस्था, कृषि सहकारी तथा गरिवी निवारण मन्त्रालय सचिव सवनम शिवाकोटी (अर्याल), अर्थ मन्त्रालय सचिव रमेश कुमार के.सीको उपस्थिति रहेको थियो । भ्रमणमा उपस्थित सम्पूर्णलाई आयरपानी सामुदायीक होमस्टेमा खानाको व्यवस्था गरिएको थियो । स्रोतः विरुवा खबर

0Shares

Facebook Comments