विश्वकपमा श्रीलंकाको पहिलो जित, अफगानिस्तानको दोस्रो हार


पोखरा । इंगल्याण्डमा भइरहेको १२ औं संस्करणको एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित दर्ता गरेको छ । मंगलबार राति वर्षाले प्रभावित खेलमा अफगानिस्तानलाई पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो ।

आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसंग लज्जास्पद भोगेको श्रीलंकाले कमजोर ब्याटिङ गरे पनि बलिङमा पकड जमाएपछि डीएल पद्दतिको आधारमा ३४ रनले अफगानिस्तानलाई हराएको हो । अफगानिस्तानले पहिलो खेलमा अष्ट्रेलियासंग पनि हार भोगेको थियो ।  

कार्डिफमा मंगलबार राति वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ३२.४ ओभरमा अलआउट हुँदै १५२ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जद्रानले सर्वाधिक ४३ रन बनाए । हजरत उल्लाह जजाईले ३० तथा कप्तान गुल्बादिन नाइबले २३ रन जोडे ।

श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए । यस्तै लाथिस मालिंगाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६.५ ओभरमा अलआउट हुँदै २०१ रन बनाएको थियो ।

Nabi celebrates

वर्षाको कारण दुई पटक रोकिएपछि ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई १७८ रनको नयाँ लक्ष्य दिएको हो  ।

Kusal Perera 50

कुशल परेराले ७८ रन बनाए बाहेक अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् ।

GettyImages-1153623087

अफगानिस्तानका मोहमद नाबीले ४, दलत जद्रान र राशिद खानले २–२ विकेट लिए । 

जितले श्रीलंका लयमा फर्किदै गएको छ भने अफगानिस्तान दक्षिण अफ्रिकाको बाटोमा गएको छ । लगातार दोस्रो हार पाउने पहिलो टिम दक्षिण अफ्रिका हो । 

0Shares

Facebook Comments