वाईवाई नेपाल स्टार पहिलो विजेता एलिना गुरुङ्गलाई गृहनगर पोखरामा भव्य स्वागत

13 / 100

हुम तमु
माघ २१, पोखरा
वाईवाई नेपाल स्टार पहिलो विजेता एलिना गुरुङ्गलाई गृहनगर पोखरामा भव्य स्वागत तथा सम्मान गरिएको छ । एलिना नेपाल टेलिभिजनबाट प्रसारण हुने रियालिटी सो वाईवाई नेपाल स्टारको सिजन १मा हजारै प्रतिपर्धीलाई उछिन्दै विजेता बनेकि थिईन । गण्डकी प्रदेशको शान तथा नामलाई उच राखेका एलिनालाई पोखराबासीले स्वागत तथा सम्मान गर्न आतुर थिए । पोखराबासी विमानस्थल पुगेर स्वागत तथा सम्मानका लागी पोखरा विमानस्थलमा लामबद्ध भएर एलिनाको पखाईमा थिए ।


विमानस्थलको विशिष्ट कक्षबाट एलिनको आगमन संगै उपस्थित पोखराबासीद्धारा भव्य स्वागत तथा सम्मान कार्यक्रम सुरु भयो । स्वागत तथा सम्मानसंगै एलिनाको विजय ¥यालीले पोखरा नगर परिक्रमा गरेको थियो । पोखरा विमानस्थलबाट सुरु भएको ¥याली मस्ताङचोक, राष्ट्रबैंक चोक, सृजना चोक, सभागृह, न्युरोड चिप्लेढुंगा, महेन्द्रपुल, रानिपौवा हुदै भद्रकाली स्थित माछापोखरी खेलमैदानको कार्यक्रममा सहभागि भएको थियो । ¥यालिमा एलिना जिताउ अभियान तथा एलिनाले त्यो स्थानसम्म पु¥याउनुहुने सम्पूर्ण पोखराबासीहरुलाई हात हल्लाउदै धन्यवाद ब्यक्त गरिरहेका थिए । 


कार्यक्रममा आयोजद्धारा एलिनालाई घलेक (गुरुङ पोषक) लगाएर सम्मान गरेको थियो । कार्यक्रममा देशविदेश विभिन्न ठाउबाट सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै उपस्थित सम्पूर्णमाझ संगीतकि प्रतुती राखेका थिए । उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी तथा सदस्य लगायत एलिनाका समर्थहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

0Shares

Facebook Comments