लायन्स क्लब अफ पोखरा न्यु भिजन || खाद्यान्न तथा नगद वितरण कार्यक्रम सम्पन्न


लायन्स क्लब अफ पोखरा न्यु भिजन || खाद्यान्न तथा नगद वितरण कार्यक्रम सम्पन्न
भदौ :१४ :लायन्स क्लब अफ पोखरा न्यु भिजनले खाद्द्याना तथा नगद राहत वितरण कार्यक्रम सम्मपन्न गरेको हो !सनिवार एक कार्यक्रमका बीच पोखरा महानगरपालिका वडा न: १८धारापानि स्थित रामप्रसाद उपाध्यायको घर अविरल बर्षाको कारण पूर्ण रुपमा भत्किएकोले उक्त घर मर्मत सम्भार होस् भन्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ! कार्यक्रममा लायन्स क्लबका अध्यक्ष राजकुमार घिमिरेले स्थापनाकालको दोस्रो बर्षमा प्रवेश गरिरहदा सामाजिक भावले ओतप्रोत भएर सेवा भावले उक्त क्लबलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो भने कार्यक्रमका अथिति बिस्वकर्मा कल्याण समाज काश्कीका अध्यक्ष मनबहादुर लाम्गादेले देशमा बर्सेनि बर्शयामले ठुलो धनजनको क्षति हुने गरेको र यस्ता विपतको अवस्थामा लायन्स क्लबले सहयोग गर्दै आएकोमा खुशी ब्यक्त गर्नुभयो !


यस्तै कार्यक्रम संयोजक रुपलाल सुनारले स्वागत मन्तब्य राख्दै जहाँ समस्या त्यहा लायन्स भन्ने कुरालाई आत्मासाथ गर्दै केहि हद सम्म भएपनि सहयोग मिलोस भन्ने उदेश्यले विषम परिस्थितिमा उक्त कार्यक्रमको आयोजना गरिएको बताउदै ,उहाले सहयोगलाई सौहार्दपूर्ण वातावरणमा ग्रहण गर्न समेत आग्रह गर्नुभयो ! क्लबका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाका सचिब रमेश सुनारले गर्नुभएको थियो
रामप्रसाद उपाध्यायको घर गत साउन २ गते बिहान ८:३० बजे अविरल वर्षाका कारण पहिरो जाँदा पूर्ण रुपमा भत्काई ६ लाख बराबरको क्षति भएको थियो ! परिवारमा ५ जना रहेकोमा कुनै मानवीय क्षति भने भएको छैन ! उक्त घर बस्न नमिल्ने गरी भत्किएकाले उहाहरु हाल प्रस्याङ्गमा कोठा भाडामा बस्दै आउनु भएको छ !
Facebook Comments