लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-१० का रोहन खड्का र सिन्धुपाल्चोकका रन्जन थापा रहेका छन्। उनीहरूलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले विराटनगरबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४७५१ बस चेकजाँचको क्रममा डाइजापाम, फेनारगन र नुरफिन ११७ थानसहित पक्राउ गरेको हो। त्यस्तै नागढुंगा प्रहरीले शुक्रबार नै वन्यजन्तु कस्तुरीको विनाजस्तो देखिने वस्तुसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङ घर भएका २३ वर्षीय अशोक कुमार बोहोरा रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *