लमजुङ –पोखरा सम्पर्क समितिमा रानाभाट

पोखरा, २१ असोज / पोखरा सम्पर्क समितिको अध्यक्षमा चम्पादेबि रानाभाट र्निबाचित भएकी छन । पोखरामा सम्पन्न १५ औ अधिबेशनबाट

रानाभाट अध्यक्षमा र्निबाचित भएकी हुन ।

लमजुङ पोखरा पोखरा आई बसोबास गरेका बिभिन्न क्षेत्रका लमजुगबासीहरुको छाता संगठनको रुपमा रहेको सम्पर्क समितिको प्रथम

उपाध्यक्षमा बिपिन अधिकारी, द्धितिय उपाध्यक्षमा कृष्ण गिरी , तृतिय उपाध्यक्षमा इश्वर चिलुवाल र्निबाचित भएका छन । समितिको सचिवमा

माधब पनेरु, सह – सचिवमा पवनराज बसौला, कोषाध्यक्षमा लिला बहादुर गुरुङ, सदस्यहरुमा मञ्जु गुरुङ, तारा खत्रि, पस बहादुर गुरुङ ,

अनिल श्रेष्ठ, बलराम लामिछाने,संझना अधिकारी रहेका छन ।

अधिबेशनको उदघाटन गर्दे गण्डकी प्रदेशका प्रदेश सभा सदस्य मायानाथ अधिकारीले सामाजिक भावनाको बिकास गराउन यस्ता सम्पर्क

समितिको अहम भुमिका हुने बताए । सम्पर्क समितिले आफ्नो मातृभुमि र बसाईसराई समस्या समाधानका लागि पनि सहयोग गर्ने बताए ।

अब यस्ता समितिहरुले ग्रामिण बिकासका लागि पनि काम गर्नुपर्ने उनको भनाई थियो ।

समितिका सस्थापक अध्यक्ष भुपनिधि पन्तले आफुले पबित्र उद्धेश्य राखेर स्थापना गरेको समितिले २५ बर्ष पार गरेकोमा गर्व लागेको बताए ।

सो अबस्थामा समिति गठनको लागि सहयोग गर्ने तदर्थ समिति, तत्कालिन अबस्थाका सदस्यहरु लाई बिषेश स्मरण गरेको उनको भनाई थियो ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *