राजनारायण पाठकको घुस रेट- एक हजार !

लोकमानसिंहमाथि छानबिन भएन, पाठकमाथि के होला ?

३ फागुन २०७५

काठमाडौं । घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन एउटा पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न उनले राजीनामा दिएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महाअभियोग लगाउने तयारी गरिसकेको थियो । तर, महाअभियोग नलाग्दै उनले राजीनामाको बाटो रोजे । तर, भ्रष्टाचार जस्तो जघन्य विषयमा महाअभियोग वा राजिनामालाई भ्रष्टाचारी उम्कने बाटो बन्न दिन नहुने जानकारहरू बताउँछन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालका पूर्वअध्यक्ष भरत थापा भन्छन, ‘राजीनामा वा महाअभियोग लाग्दैमा कुनै पनि व्यक्तिले गरेको अपराधमा माफी दिन मिल्दैन ।’
संवैधानिक व्यवस्थाअनुसार पनि थप छानविन बाध्यात्मक हुने थापा बताउँछन् । पदबाट हटिसकेपछि पनि विवादित व्यक्तिको विषयमा सार्वजनिक उजुरी आह्वान गर्नुपर्नेमा उनको जोड छ ।

एउटै शैक्षिक संस्थासँग जोडिएको भ्रष्टाचार मिलाउन घुस लिएर राजीनामा दिन बाध्य भएका पाठकसँग जोडिएको यो नै पहिलो विवादित घटना भने होइन । ०७१ सालमा आयुक्त बनेर टंगाल प्रवेश गरेदेखि नै पाठकले खुल्लेआम घुस लिने गरेको उनका सहकर्मीहरू नै बताउँछन् ।

दुई वर्षअघि पक्राउ गर्नुपर्ने व्यक्तिसँग अअुअआमा कार्यरत एक प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई पाठकले उल्टै ५ लाख रुपैयाँ घुस लिन निर्देशन दिएका थिए । यो कुरा ती डीएसपीले अदुअआका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीसम्म पनि पुर्‍याए । तर, कार्कीले कारवाही नगरी गुपचुप राखे

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *