‘यात्रा’ को टिजर सार्वजनिक

सलिनमान बानिया अभिनित चलचित्र ‘यात्रा’ को टिजर सार्वजनिक भएको छ ।

बिहिवार ओ.एस.आर डिजिटलबाट टिजर सार्वजनिक गरिएको हो । प्रेम र बिछोडको कहानीले बुनिएको ‘यात्रा’ सलिनमानको दोस्रो चलचित्र हो । टिजर हेर्दा चलचित्रमा सलिनमान र सलोन बस्नेत द्वन्द्वमा उत्रिएको अनुमान लगाउन सकिन्छ ।

पहिलो चलचित्र ‘ए मेरो हजुर–२’ को अपार सफलतापछि सलिनमानको प्रतिक्षित चलचित्र हो ‘यात्रा’ । चलचित्रमा सलिनमानको साथमा सलोन बस्नेत, पे्रक्षा बज्राचार्य र जहान्वी बस्नेत, धिरेन शाक्य, बिशाल कटवाल, राजाराम पौडेल, नानिकाजी डंगोल लगायतको अभिनय हेर्न सकिन्छ ।
टिजरको अन्तमा सलिनमानले बोलेको डायलगले मन छुन्छ, ‘दुरी त मनको भ्रम हो । तर, मायाको यथार्थ यात्रामा सहयात्रीको साथ हो ।’ चलचित्र चैत्र २९ देखि देशभर प्रदर्शन हुँदैछ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *