मुम्बइलाई १ सय ९८ रनको लक्ष्य


केएल राहुलले शतक बनाएपछि किङ्स इलेभेन पन्जाबले इन्डियन प्रिमिएर लिग (आइपीएल) क्रिकेटमा मुम्बइ इन्डियन्सलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९८ रनको लक्ष्य दिएको हो ।
पन्जाबका लागि केएल राहुलले शतक बनाए । ६६ बलको सामना गरेका उनले ६ छक्का र ६ चौकाको मदतमा एक सय रन बनाए ।
क्रिस गेलले अर्धशतकीय पारी खेले । ३६ बलको खेलेका गेलले ३ चौका र ७ छक्का प्रहार गरे । डेबिड मिल्लर ७ र करुन नायरले ५ तथा सम कुरनले ८ रन बनाउँदा मनदिप सिह ७ रनमा अविजित रहे।
मुम्बइका हार्दिक पाण्डेले २ विकेट लिए ।
Facebook Comments