महासङ्घ झापाको तालाबन्दी खुल्यो

बनियानी– नेपाल पत्रकार महासङ्घ झापा शाखाको तालाबन्दी खुलेको छ । सदस्यता नवीकरणसम्बन्धी विवादका कारण गत माघ २९ गते प्रेस चौतारी झापा र नेपाल आदिवासी–जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले महासङ्घको कार्यालयमा तालाबन्दी तथा प्रेस युनियन झापाले ध्यानाकर्षण गराएको थियो । 

आज विर्तामोडमा बसेको संयुक्त बैठकबाट सहमति जुटेसँगै तालाबन्दी खुलेको पत्रकार महासङ्घ झापा शाखा अध्यक्ष तारामणि सापकोटाले बताए । 

वि.सं २०७५ को सदस्य नवीकरणका पूर्ववत्रुपमा हुने र वि.सं २०७६ देखि केन्द्र तथा प्रदेश समितिको नीति निर्देशनबमोजिम नवीकरण गर्ने सहमति भएको छ । तालाबन्दीका कारण फागुन ४ हुने भनिएको महासङ्घ झापा शाखाको साधारणसभा चैत मसान्तभित्र गरिने भएको छ । 

पत्रकार शुद्धीकरण अभियानअन्तर्गत महासङ्घ झापा शाखाको कार्यसमितिले क्रियाशीलताको प्रमाणपत्रबिना सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको बैठकमा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस युनियन झापा अध्यक्ष इन्दू पूर्वेली, फोजिन झापा अध्यक्ष विशाल नेम्वाङ, प्रेस सेन्टर झापा अध्यक्ष टीकाराम उप्रेती, मिडिया नेपालका रञ्जित प्रसाईं, पूर्वअध्यक्ष मोहनकाजी न्यौपानेलगायतले तालाबन्दी खोल्ने र आगामी दिनमा वार्ता र सहमतिबाट अघि बढ्ने निर्णय भएको छ । 

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *