मसाल महामन्त्रीलाई दोस्रोपटक पनि कोरोना पोजेटिभ

4 / 100

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको दोस्रो पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ । मंगलबार साँझ आएको रिपोर्टमा उहाँमा अझै संक्रमण रहेको देखिएको हो ।

राजधानीको ह्याम्स अस्पतालमा उपचाररत सिंहको कोरोना पोजिटिभ देखिएपनि अन्य रिपोर्ट भने सन्तोषजनक देखिएको उहाँकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार सिंहको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । अहिले उहाँलाई ज्वरो हटेको छ भने निमोनियामा पनि सुधार भइरहेको छ । यद्यपी उहाँलाई खोकी रोकिएको छैन । खाना रुची पनि कमै छ ।

खोकी रोकिन अझै केही समय लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उहाँ अझै केही दिन अस्पतालमै बस्नुपर्ने चिकित्सकले बताएका छन् ।

सुगर र थाइराइडबाट पीडित महामन्त्री सिंह अघिल्लो हप्ता बिरामी परेपछि गएको सोमबार गरिएको पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको थियो । उहाँलाई बुधबार ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

0Shares

Facebook Comments