July 5, 2022

भेजा उठाएर सामाजिक पुजा

10 / 100


हुम बहादुर च्हाक्ली तमु
बैशाख-१२, स्याङ्जा
स्याङ्जाको बिरुवा गाउपालिका-२, गाबुडाडामा भेज उठाएर सामुहिक पुजा गर्ने प्रचल अझ पनि कायमै छ । प्रकृति पुजारी बाेनबादीहरुले प्रकृतिमा भएकाे बिभिन्न शक्तिपिठहरुमा पुज्दै अाइरहेकाेमा बैशाख पुर्णिामाका दिन भयर, चण्डीलाई कुखुरा भालेहरु र झाक्रीलाई बाेका सामुहिक रुपमा भेटी अक्षेता (भेजा) उठाई समाजि पुजा गरेकाे छ । गाउँमा भवितव्य दैविक प्रकाेपकाे कुनै पनि क्षति नहाेस भन्ने कामनाका साथ उक्त पुजा गरेकाे साेमन सिं गुरुङ बताउनुहुन्छ । केही दशक अघि यही पुजा गर्ने वेलामा लागेकाे खर्चलाई भेजा पैसा उठाउने भन्ने प्रचलन थियाे । हाल याे प्रचलन अझ कायमै छ, भेटी, अक्षेत र बली खर्च उठाएर समाजिक पूजा गरिरहेकाे छ ।
गुरुङ जातिको बाहुल्यता बढी भएकाे यस गाउँमा सम्पूर्ण गाउँबासी अापसमा मिलि हरेक कार्यमा अग्रसर भैरहेकाे छ । याे कार्यले समाजमा थप मेलमिलाप, भेटघाट, गाउँबिकासमा छलफल गर्नमा सहज भएकाेछ ।
हाल बिश्वब्यापी महामरी काेराेना भाईरसले अाक्रन्त भएकाे वेला भने याे पुजा प्रभावित भएकाे छ । सिमित मानिसको उपस्थितिमा सामाजिक दुरी कायम गरि सुरक्षाको उपायका साथमा सम्पन्न गरेकाे छ ।
याे कार्य अझ चैत पूर्णिमामा अास्थाकाे केन्द्रबिन्दु चक्र देबी, कमला देबी, बराह तथा माईथानमा यसरी नै पुजा गरेकाे थियाे । केही दसक पहिला अाजकै दिनमा संस्कृति घाटु, झाेरा गाउमा सुरु हने साेमान सिं गुरुङले बताउनु बताउनुभयाे ।
यसरी नै समाजका सबैजना मिलि सामाजिक पूजा गर्न भेटी, अक्षेता र बलिकाे लागि खर्च जुटाएर पुजा गर्ने प्रचलनलाई भेजा भनिन्छ ।

0Shares

Facebook Comments