भारुबारे भारतको शर्त : ल्याउन पाइने, लैजान नपाइने

ठूला दरका भारतीय रुपियाँ (भारु) नोट प्रचलनमा ल्याउनेबारे नेपाली पक्षको प्रस्तावमा भारतले ‘नाजायज’ जवाफ दिएको राष्ट्र ब्याङ्कका अधिकारीहरूले बताएका छन् ।

भारतीय रिजर्भ ब्याङ्कले २९ फागुनमा पठाएको पत्र अनुसार भारतीय पक्ष नयाँ २०० र ५०० दरका भारु नोट नेपाल भित्र्याउन मात्रै सहमत भएको 
छ। तर, यसमा पनि भारतले आफ्ना शर्त राखेको छ ।

‘नेपाल ल्याउन दिने तर नेपालबाट भारत लैजान नपाइने नाजायज प्रस्ताव भारतीय पक्षले पठाएको छ,’ राष्ट्र ब्याङ्कका एक अधिकारी भन्छन्, ‘यस्तो प्रस्ताव मान्ने हो भने हाम्रो अर्थतन्त्र नै धराशयी हुन्छ ।’

राष्ट्र ब्याङ्कका विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगानाले पनि ‘नेपाल ल्याउनमात्रै दिने’ जवाफ आएको पुष्टि गरे ।

‘हामीले भारतबाट नेपालमा ल्याउन, नेपालबाट उता लान, सटही गर्न र पुराना (प्रतिबन्धित) नोट साटिदिन चारवटा प्रस्ताव पठाएका थियौँ,’ उनले भने, ‘तर जवाफमा भारतबाट नेपाल ल्याउनमात्रै दिने भनिएको छ ।’

यो लगायत थप केही विषयमा प्रस्ट पार्न नेपालले १ चैतमा भारतीय रिजर्भ ब्याङ्कलाई पत्राचार गरेको उनले बताए । ‘अरु विषयमा के गर्ने भन्ने स्पष्ट नभएसम्म नेपालमा ठूला दरका भारु नोटको सटही सुविधा दिन सकिन्न,’ उनले थपे ।

राष्ट्र ब्याङ्कका अधिकारीहरू भारतीय पक्ष अहिलेकै तर्कमा अडिग रहेमा ठूला दरका भारु नोट नेपालमा प्रचलनमा आउन नसक्ने बताएका छन् ।

‘यस्तो व्यवस्था गरिए हामीले भारु ल्याएर जलाउनेबाहेक केही गर्न सक्दैनौँ,’ ती अधिकारी भन्छन्, ‘या त हामीले नेरु सरह नै भारुलाई पनि वैधानिक भुक्तानीको माध्यमको रूपमा प्रचलनमा ल्याउनुपर्छ।’

भारतीय पक्षले २५ हजार भारुसम्म २०० र ५०० दरका नोट ल्याउन पाइने गरी खुला गर्ने बताएको छ । तर, नेपालले मागेको २००० दरका नोट भने नेपाल ल्याउन पनि नदिने भनिएको छ।

हालको प्रस्तावअनुसार नेपाल ल्याउन बाटो खोलिए पनि त्यही नोट बोकेर भारत जानुलाई गैरकानूनी मानिने छ ।

प्रतिकृया दिनुहोस

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *