भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला बनाइने

जग्गा प्राप्तीको प्रक्रिया सुरु भइसक्यो : मन्त्री विश्वकर्मा

३ चैत, काठमाडौं । भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने भएको छ ।

उक्त रंगशाला निर्माणको लागि जग्गा प्राप्ती शुरु भइसकेको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले बताएका छन् । १५ देखि २० विघा जमिनमा उक्त रंगशाला बन्ने उनले जानकारी दिए ।

‘अहिले पनि अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेर निर्माण भएको एउटा पनि खेलकुद मैदान छैनन्’, मन्त्री विश्वकर्माले भने, ‘त्यसैले हामीले यो रंगशालाको निर्माण गर्न लागेका हौं ।’ उक्त रंगशालाको नाम ‘राष्ट्रिय खेलकुद परिसर’ हुने मन्त्री विश्वकर्माले जानकारी दिए ।

उक्त परिसरमा फुटबल, भलिबल, क्रिकेट, स्वीमिङपुलजस्ता खेलकुदलाई आवश्यक पर्ने सबै प्रकारका संरचना निर्माण हुने हुने विश्वकर्माले बताए । तर, अहिले नै लागत भन्न चाहिँ नसकिने विश्वकर्माले बताए ।

‘हामी जग्गा प्राप्तीकै काममा लागिरहेका छौं’, मन्त्री विश्वकर्माले भने, ‘जग्गा प्राप्तीपछि डीपीआर हुन्छ । त्यसपछि मात्र लगानी र निर्माण अवधिबारे भन्न सकिन्छ ।’ यद्यपी चाँडै निर्माण कार्य सकिने गरी काम हुने विश्वकर्माको भनाइ छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *