बैंक शाखा द्वारा समुदायलाई ५००० लि. खानेपानीको ड्रम सहयाेग
०७७ जेठ 12, पाेखरा
गण्डकी विकास बैंक लिमिटेड हेम्जा शाखाले पो.म.न.पा-२५,हेम्जा,लाम्पाटा स्थित सुनौलो टोल बिकास संस्था लाई ५०००लिटर को १ थान HILL TANK हस्तान्तरण गरेको छ । उक्त TANK बैंक ले सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा उक्त समुदाय को दैनिक पिउने पानी को आपुर्ती सहज साथै खेर जाने पानी को उचित सदुपयोग गर्नका लागि प्रदान गरिएको हो । बैंकबाट सहयोग स्वरुप प्राप्त TANK मार्फत समुदाय का करिब १२६ घर धुरी का परीवार प्रत्यक्ष लाभान्वित हुनेछन् र दैनिक काम काज को लागि गृहिणी,ज्यालादारी कामदार,कृषक तथा बिद्यार्थी हरु लाई समेत सहज हुनेछ भन्ने विश्वास बैंकले लिएको छ । उक्त टंकी बैंक का अध्यक्ष श्री सुशील गौचन र प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापा ले समुदाय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर गुरुङ लाई हस्तान्तण गर्नु भएको थियो साथै बैंक का प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा ले बैंक सदैब समुदाय को साथ मा रहने प्रतिबद्धता र कोरोना भाइरस बाट बच्ने उपाय , कोरोना ले दैनिक कार्य जीवन मा पारेको प्रभाब लाई कसरी न्युनिकरण गर्दै अगाडी बढने भन्ने बारे सुझाव समेत दिनुभयो । उक्त कार्यक्रममा बैंक कर्मचारीहरु ,व्यवस्थापनका प्रतिनिधिहरु तथा उक्त समुदाय का सदस्यहरुको समेत उपस्थिती रहेको गण्डकी बिकास बैैंक हेमजा शाखाका ईश्वर अधिकारीले जानकारी गराएकाे छ ।
Facebook Comments