बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

8 / 100

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्योबेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।बितेका २४ घण्टामा ७ सय ३७ जनाको ज्यान गएपछि बेलायतको मृतक संख्या १० हजार नाघेको हो।संक्रमणका कारण बेलायतमा हालसम्म १० हजार ६ सय १२ जनाको ज्यान गइसकेको छ।यसमा अस्पतालबाहिर भएको मृत्यु जोडिएको छैन।

कोरोना संक्रमणबाट मृतक संख्या १० हजार नाघ्ने बेलायत विश्वको पाँचै मुलुक हो। बेलायतमा हालसम्म संक्रमितको संख्या ८४ हजार २ सय ७९ पुगेको छ।युरोपमा बेलायत कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश मध्येको एक हो।

0Shares

Facebook Comments