बिष्णुपादुका मा.बि लाई दुइ थान कम्प्युटर सेट

1 / 100

गण्डकी बिकाश बैंक लिमिटेड हेमजा शाखाले हेमजा स्थित बिष्णुपादुका मा.बि लाई दुइ थान कम्प्युटर सेट हस्तान्तरण गरेको छ । आबश्यक दुरी कायम गर्दै बिद्यालयको परिसरमा सम्पन्न भयको उक्त कार्यक्रममा बैंक का सञ्चालक बासुदेब त्रिपाठी, बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, बैंकका कर्मचारीहरु तथा बिधालय ब्यबस्थापन समितिका सदस्यहरुको समेत उपस्थित रहेको थियो । बैंक का तर्फबाट बोल्दै बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले उक्त कम्प्युटर सेट बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा उक्त बिद्यालयको शैक्षिक उन्नयन तथा शैक्षिक गुणस्तर बृद्धिका लागि प्रदान गरिएको र भबिष्यमा समेत सहयोग गर्ने बचन दिनुभयो । बिद्यालयले बैक बाट सहयोग स्वरुप प्राप्त कम्प्युटरहरु मार्फत कम्प्युटर बिज्ञानमा बिधार्थिहरुको अभिरुची बृद्धि गराउने, सिकाइ र बुझाईमा सहज पार्ने तथा कम्प्युटर सम्बन्धि कक्षा सञ्चालन गरी बिधार्थीहरुको ज्ञान को दायरा बढाउने कार्यमा सदुपयोग गर्ने बिश्वास बिधालयको तर्फबाट उप प्रध्यानाध्यापक दिपक राज पौडेल ले बताउनु भयोे । बैंकका सञ्चालक बासुदेब त्रिपाठीले अब केहि साता भित्रै यस गण्डकी बिकास बैक लिमिटेड मेगा बैक नेपाल लिमिटेडमा बिलय हुने भयता पनि समुदाय प्रतिको कर्तब्य र उतरदायित्व पुरा गर्न बैक सदैब तत्पर रहको कुरा पनि ब्यक्त गर्नु भयो । उक्त कम्प्युटर समाग्रीहरु बैंक का सञ्चालक बासुदेब त्रिपाठी र बैकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा ले बिधालयका उप–प्रधानध्यापक दिपक राज पौडेल, बि.ब्य.स का सदस्यहरु मदन थापा साथै बासु श्रेष्ठ लाइ हस्तान्तरण गर्नु भएको गण्डकी बिकाश बैक हेमजा शाखा ले केहि समय अगाडी हेमजा लाम्पाटामा पानि टंकी, हेमजा याम्दी स्थित बालकल्याण आधारभुत बिधालयमा अध्ययनरत सम्पुर्ण छात्रा छात्र लाइ झोला बितरण गरेको र अझै यस क्षेत्र मा बैकले सामाजिक उत्तरदायित्व पुरा गर्न बैक पछि नपर्ने जानाकारी बैक का हेमजा शाखाका कर्जा प्रमुख इश्वर अधिकारीले गराउनु भयो

0Shares

Facebook Comments