बढ्दो कम्युनिकेसन ग्याप


समयसँगै हामी पनि अघि बढ्दैछौं तर हामीसित आफन्तजनसित सँगै बसेर आरामसित कुरा गर्ने समय छैन । चाहे अभिभावक र बालबालिकाको सम्बन्ध होस् वा दिदीभाइको वा श्रीमान्–श्रीमतीको ।
हामीसित सबै सुविधा उपलब्ध भए पनि कुरा गर्ने समय छैन । कुरा समयको कमीको मात्र होइन, जीवन शैलीसँगै बदलिएको एटिच्युडको पनि हो । समय निकाल्न चाहे निस्कन्छ तर हामीलाई अन्य कुराकै आवश्यकता महसुस हुन्छ ।
- हिजोआज आपसमा कुरा गर्न पनि अनुरोध गर्नुपर्छ ।
- कुरा गर्ने समय छ कि छैन बुझ्नुपर्ने हुन्छ ।
- बालबालिकाहरू पनि व्यस्त हुन्छन् । स्कुल, कोचिङ एवं होमवर्क आदिमै उनीहरूको पूरा दिन बित्छ ।
- ठूलाले घर एवं अफिसको काममा व्यस्त हुनुपर्छ । त्यसैले कसैसँग कुराकानी गर्ने फुर्सद पनि हुँदैन ।
- टिभी हेर्नु आवश्यकता बनेको छ । यतिबेला कसैसित कुरा गर्ने मुड हुँदैन र त्यसपछि आ–आफ्नो मोबाइल र इन्टरनेटमा व्यस्त भइन्छ ।
- सोसल नेटवर्किङ साइट्स र इन्टरनेटबाट हाम्रो संसार तीव्र गतिमा बदलिँदैछ । अनलाइन फ्रेन्ड्ससित कुरा गर्न अब सहज भएको छ तर आफ्नै घरका परिवारजनसित कुरा गर्न धेरै कठिन ।
- टाढा–टाढा बसेका मित्रहरूको जीवनशैली, उनीहरूको रुटिन वा उनीहरू कहाँ के गर्छन्, कहाँ जान्छन् थाहा हुन्छ तर आफन्तहरूका विषयमा कम जानकारी हुन्छ । बुझ्ने इच्छा पनि त्यति हुँदैन । त्यसैले हाम्रो सम्बन्धमा कम्युनिकेसन ग्याप बढ्दो छ ।
- शोधहरूका अनुसार–हिजोआज अधिकांश मानिस आफ्नो कामका बारेमा धेरै सोच्छन् र व्यस्त रहन्छन् अनि घरमा पनि कसैसित बोल्न चाहँदैनन् । त्यसले कम्युनिकेसन ग्याप बढाउँछ ।
- समय दिन नपाएका कारण कतिपय मानिस आफ्नो पार्टनरलाई महँगो उपहार दिन खोज्छन् तर पार्टनर उपहार होइन मात्र उसको साथ र समय चाहन्छन् ।
- त्यसैले एक्स्ट्रा मेरिडल अफेयर्स विकसित हुन्छ र जबसम्म पार्टनरले यो कुरा थाहा पाउँछ तब मामिला धेरै हदसम्म अघि बढिसकेको हुन्छ ।
- श्रीमान् पनि अबेरसम्म कार्यक्षेत्रमा हुन्छन् र श्रीमती पनि । उनीहरू एक–अर्काको साटो आफ्नो कलिगसित बढी समय बिताउँछन् । उनीहरू यति धेरै कुरा सेयर गर्छन्, जसका कारण आफ्नै कलिगसित बढी कम्फर्टेबल महसुस गर्छन् ।
मानिसलाई आफ्नै सम्बन्धमा बढ्दो समस्या समाधान गर्ने चाहना कम हुन्छ, कारण उसलाई यस विषयमा सोच्नु नै समय बर्बाद गर्नुजस्तो लाग्छ । कुराकानीबाट समस्या सुल्झाउनुको साटो आ–आफ्नै दुनियाँमा मस्त रहन ठीक लाग्छ ।
- कम्युनिकेसनको अर्थ मात्र दुई–चार शब्द बोल्नु होइन । यसको अर्थ हुन्छ ती पललाई मनैदेखि महसुस गर्नु, जब एकान्तमा एक–अर्काको हात छाम्दा मात्र नजरको अभिव्यक्ति नै पर्याप्त हुन्छ ।
- त्यो मीठो स्पर्श, जसबाट नबोली धेरै कुरा व्यक्त हुन्छ, आज जीवनबाट गायब हुन पुगेको छ ।
- रोमान्स र प्रेममा कहिलेकाहीँ खल्ती नै खाली हुन्थ्यो तर प्रेमको कमी हुँदैनथ्यो, एक–अर्काका लागि समय हुन्थ्यो तर आज ती सबै कुरा कहीँ–कतै ओझेलमा परेको अनुभव हुन्छ ।
के हो समाधान ?
- समय अभावका सम्बन्धमा बिलौना गर्नु ठीक होइन । यदि सम्बन्धमा कम्युनिकेसन ग्याप हुन्छ भने त्यसको पहिचान गरी जीवनशैली बदल्नुपर्छ ।
- हरेक समय अफिस र मित्रजनका बीच नरहौं, परिवारका लागि पनि समय निकालौं ।
- राति मोबाइल, टिभी र ल्यापटपमा कम व्यस्त रहौं ।
Facebook Comments