प्रियंका चोपडाले हग गरेपछि


अभिनेता सुनिल थापा गत साता अमेरिकाको टेक्सासमा झुल्किए । उनी अर्विङस्थित पिक रेस्टुराँमा आयोजित एक कार्यक्रममा आफनो चलचित्र यात्राको अनुभव सुनाउँदै थिए । निर्देशक नारायण पुरीले मञ्चमा आमन्त्रण गरेपछि थापाले आफ्नो संघर्षको कथा सुनाए, जसमा मध्यस्थकर्ता बने चलचित्र लेखक शैलेश आचार्य ।
त्यस क्रममा थापाले बलिउडमा आफूले अभिनय गरेको चलचित्र मेरी कोमसम्बन्धी स्मरण पनि सुनाए । गेटअप आदि सबै परिवर्तन गरेर मेरी कोमको अभिनय सकेपछि चलचित्र युनिट आफनो कामबाट सन्तुष्ट भएको उनले बताए । त्यसभन्दा पनि बलिउड नायिका प्रियंका चोपडा उनको अभिनयबाट विशेष प्रभावित भइन् ।
‘राम्रो सहकार्यसँगै उत्कृष्ट अभिनय गरेको भन्दै मलाई दुई मिनेटसम्म हग गरिन्,’ थापाले भने– ‘त्यो मेरा लागि ठूलो सन्तुष्टिको दिन थियो ।’ थापाले त्यसअघि हिन्दी चलचित्र एक दुजे के लिए मा अभिनय गर्दा मेरी कोमकी अभिनेत्री प्रियंका जन्मिएकै थिइनन् ।
Facebook Comments