प्यूठानका दुई स्थानमा संकास्पद बस्तु फेला, बन्दको पूर्ण प्रभाव

प्यूठान –विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यकर्ता पक्राउको विरोधमा गरेको बन्दका क्रममा प्युठानका दुई स्थानमा संस्कास्पद बस्तु फेला परेको छ । 

माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संकास्पद बस्तु फेला परेको प्रहरी प्रमुख वुढाथोकीले जानकारी दिए । 

प्रहरीले विहान ४ः ३० बजे सडक निगरानीको क्रममा उक्त संकास्पद बस्तु भेट्टाएको थियो । जसलाई नेपाली सेनाको समुहको बम डिस्पोजल टोलीले निस्पोज पारेको बुढाथोकीले जानकारी दिए । बन्दले प्युठानको जनजीवन प्रभावित पारेको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । त्यस्तै शिक्षण संस्था, कलकारखाना, बजार समेत बन्द भएको छ ।  

नेता कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै आमहड्ताल सहित नेपाल बन्दको घोषणा गरेको नेकपाले जनाएको छ । 

यसैबीच विप्लवको गतिविधिलाई मध्यनजर गर्दैे जिल्लाको सुरक्षा व्यवस्था कडा वनाइएको प्रहरीको भनाई रहेको छ

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *