पोखरा म्याराथन प्रतियोगिता आज, ५ हजार सहभागी हुने

🌎

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा फागुन ७ गते १३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ । म्याराथन प्रतियोगिताको तयारी अन्तिमचरणमा पुगेको भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।

उनले प्रतियोगितामा रनफर रन सहित करिब ५ हजार खेलाडीको सहभागीता जनाउने शनिबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिए । उनले प्रतियोगितमा भाग लिने खेलाडीले सोमबार सम्म नाम दर्ता गर्न भएका कराण खेलाडीको संख्या आइन सकेको बताए ।

म्याराथन प्रतियोगिताका विजेताले नगद १ लाख, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले ७० हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना ७ हजार रुपैया मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसै १० किलोमिटर महिला र पुरुष दौड प्रतियोगिता, ५ किलो मिटर विद्यालयस्थतरीय छात्र छात्रा दौड प्रतियोगिता, ह्विल चियर महिला तथा पुरुष दौड, दृष्टिविहिन महिला तथा पुरुष दौड प्रतियोगिता हुने उनले बताए । १० किलो मिटर दौड प्रतियोगिताका विजेताले १५ हजार, दोस्रोले १० र तेस्रोले ५ हजार रुपैया मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यसै गरि विद्यालयस्तरीय ५ किलोमिटर छात्रा/छात्र दौड प्रतियोगिताका विजेताले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनले ४ हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । ह्लिचियर र दृष्टी बिहिन प्रतियोगिताका विजेताले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पोखरा रंगशालाबाट शुरु हुने प्रतियोगितामा उत्साह थप्न सगरमाथा आरोही तेन्जिङ शेर्पा, माउन्ट किनाबुलु मलेशियामा किर्तिमानधारी अन्तर्राष्ट्रिय धावक कुशाङ गुरुङ, नायिका तथा सगरमाथा आरोही रोजिता व्ुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, पत्रकार अखण्ड भण्डारी, व्रेष्ट क्यान्सर विरुद्धकी अभियान्ता एवम पूर्व भलिबलका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ लगाएतले सहभागीता जनाउने गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब २३ लाख खर्च हुने र २८ लाख रुपैया संकलन भएको जानकारी दिए ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *