पोखरा पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मिमा कोरोना पोजेटिभ, अस्पतालमा ईमर्जेन्सी बाहेकका सेवा बन्द


संक्रमित स्वास्थ्यकर्मीहरु स्वाब संकलन गरेबाट नै सेल्फ क्वारेन्टिनमा रहेको अध्यक्ष पहाडीले जानकारी दिए । ८ दिन अघि स्वाब संकलन गरेर काठमाडौ परीक्षणका लागि पठाइएकोमा केही स्वाव स्याम्पलमा अस्पतालका कर्मचारीहरुको समेत रहेको र उनीहरुको नतिजा पोजिटिभ पाइएपछि आजैबाट थप सावधानी अपनाइएको पहाडीले बताए ।
पहाडीले अस्पतालका चिकित्सकहरुले आइसोलेशनमा रहेका संक्रमितहरुको भिजुअल मार्फत स्वास्थ्य परीक्षण गराइरहेकोमा अस्पतालका चिकित्सकलाई नै कोरोना संक्रमण पुष्टी भएपछि केहि समस्या आएको बताए । उनले भने–“अव व्यवस्थापन निकै चुनौती बनेको छ, तर यो खवरबाट नआत्तिन र सवैलाई धैर्यतापूर्वक आ–आफनो घरमा बस्नहुन हार्दिक अनुरोध गर्दछौं ।”
पर्वत जिल्ला अस्पतालमा इमरजेन्सी सेवा बाहेक सम्पूर्ण सेवा शुक्रबारबाट बन्द गरिएको अस्पतालले जनाएको छ ।
Facebook Comments