पोखरामा स्कुलभित्रै जुवाखाल, साढे २ लाख सहित ८ जना पक्राउ

पोखराको नयाँबजारमा रहेको मार्गदर्शन एकेडेमीमा तास खेली  रहेका ८ जनालाई प्रहरीले शनिबार साझँ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एकेडेमीका सञ्चालक समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट २ लाख २७ हजार रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

उनीहरु कक्षाभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *