पोखरामा युवाहरुबीच ग्याङ फाईट


पोखरामा आपसी झगडा हुँदा २ जना घाइते भएका छन् ।
पोखराको पृथ्वीचोकमा आइतबार भएको आपसी झगडामा २ जना युबक घाइते भएको प्रहरीले जनाएको छ । ५/७ जनाको समुहमा भएको झगडामा पोखरा रत्नचोकका ३५ बर्षीय बिमल पहारी र राष्टबैकंचोकका ३० बर्षीय प्रदिप गुरुङ घाइते भएको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।
घाइते भएका दुवैको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको उनले जनाए। प्रहरीले झगडामा संलग्न शंकास्पद २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।
Facebook Comments