पोखरामा जुवा खेल्दै गर्दा ६ लाख सहित ११ जना पक्राउ


पोखरामा करिब ६ लाख नगद सहित ११ जना जुवाडे पक्राउ परेका छन् ।
पोखरा – ९ नयाँबजारबाट जुवातास खेलिरहेको अवस्थामा ५ लाख ९७ हजार ३ सय ६० रुपैया सहित ११ जना जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा एक जना नेपाली नागरिक र अन्य १० जना भारत स्थायी घर भइ पोखरामा बस्दै आएका व्यक्तिहरु रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रविन्द्रमान गुरुङले बताए ।
डिएसपी गुरुङका अनुसार पक्राउ पर्ने नेपाली नागरिकमा बारा गढिमाई घर भइ पोखरा नयाँबजार बस्ने ३० बर्षीय सुनिल प्रसाद रहेका छन् । त्यसैगरी पक्राउ पर्ने भारतीय नागरिकमा भारत मोतिहारी जिल्ला स्थायी घर भई पोखरा नयाँबजार बस्ने ४२ बर्षीय राजु प्रसाद जैसवाल, २८ बर्षीय अमरेन्द्र कुमार, २५ बर्षीय लव कुश कुमार, ३२ बर्षीय रम्भु प्रसाद, ४० बर्षीय धमेन्द्र प्रसाद, २९ बर्षीय पप्पु जैसवाल, ३५ बर्षीय रामा प्रसाद जैसवाल, ४० बर्षीय अबध किसोर प्रसाद, २५ बर्षीय धुर्व कुमार र २८ बर्षीय शिवनाथ पण्डित रहेको प्रबक्ता गुरुङले जनाए ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई २ बुक तास र नगद सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Facebook Comments