पोखरामा एलिना गुरुङ जिताउ अभियानको लागी विभिन्न कार्यक्रमहरु


हुम गुरुङ
२०७७ माघ ५, पोखरा
गण्डकी प्रदेशमा एलिना गुरुङ जिताउ अभियान तिब्र गतिमा चलिरहेको छ । एलिन गुरुङ जिताऔ सहयोग समितिद्धारा पोखराको न्युरोडमा अवस्थीत गोर्खा एण्ड बराह भवनमा पत्रकार सम्मेलन गरि जानकारी दिए । लिना नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालीटी सो वाई वाई नेपाल स्टारको सिजन १ मा हजारौ प्रतिष्पर्धीहरुलाई पन्छाउदै फाईनल राउनमा प्रवेश गरेका थिए ।


गायन प्रस्तुति निर्णयकहरुको मुल्याङकन संगै दर्शकश्रोताको भोटिङबाट फाइन लमा पुगेका प्रतिस्र्धीहरु चार मध्येका एक्ली पोख्रेली चेली हुन एलिना ।
पोखरेली चेली एलिना गुरुङले फाइनल प्रवेश गराउन साथ सहयोग र अमुल्य भोट गर्नुभएका सम्पूर्णलाई धन्यवादका सथै आभार व्यक्त गरेका थियो । माघ १७ गते हुने
नेपाल स्टारको फाईनलमा पोखरेली चेली एलिनालाई उपाधि दिलाउन सम्पूर्णको साथ
सहयोग, भोटका लागी पुनःहार्दिक अनुरोध गरेको छ ।
एलिना कास्की जिल्ला मादी गाउँपालिका वडा नं २ ताङतिङ गाँउ भई हाल पोखरा महानगरपालिका वडा नं १३ विपी मार्गमा बस्दै आएकी थिईन । घरकी एक्ली छोरी एलिना
संगीत व्याण्डमा आबद्ध भई रेष्टुरेन्ट, बारहरुमा संगीतिक कार्यक्रम गदै संगित प्रशिक्षण लिइरहेकी थिइन् ।


पोखरा गीत संगीतको राजधानी हो, नेपाल स्टार सिजन १ को उपाधि पोखराले जित्नेछ, एलिनाको गायन कला, देशविदेशमा रहेका नेपालीहरको भावना र पोखरेलीको चाहाना अनुसार माघ १७ गते स्त्रीशक्ती एलिना गुरुङलाई बिजयको माला पहिराउन हामी सबै जुटौ । गीत संगीतको विकास र नेपाल स्टारको गौरबलाई उचाईमा पु¥याउ भन्दै समितिद्धारा भोट अपिल गरेको छ । एलिना गुरुङलाई भोट गर्नका लागी मोवाईलको म्यासेज बक्समा गई NS03 टाईप गरी ३३००१ मा पठाउन सकिने छ भने नेपाल टेलिभिजनको एप डाउनलोड गरी अर्थात वेबसाईटबाट भोट गर्न सकिनेछ ।
नेपाल स्टारको फाइनलमा प्रवेश लगत्तै पोखरा आएकी एलिना गुरुङलाई भव्य स्वागत तथा सम्मानका गरेका थिए । एलिना गुरुङ जिताऔं सहयोगर्थ माघ ६ गते मंगलबार ३ बजेदेखी पोखरा १० स्थित चिउली पाचेक तमु समाज भवनमा विविध सांगीतीक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेपाल स्टारकी फाइनालिष्ट एलिना गुरुङ, एलिना आबद्ध रहेको पोखरेली गायिकाहरुको संस्था हार्मोनी, पोखरेली चर्चित कलाकरहरुको विशेष प्रस्तुती रहने जनाएको छ ।


Facebook Comments