पोखराबाट सुविधा सम्पन्न बस मुस्ताङ सेवा शुरु


हामी चिसो तातो एसी भएको गाडीमा यात्रा त गरेकै छौ तर कहिल्यै हिटर जडान भएको गाडीमा आरामदायी यात्रा गर्नु
भएको छ ? पक्कै छैन । अब तपाईको त्यो चाहना पनि पुरा हुने भएको छ । किनकी म्याग्दी कोरला यातायात प्रालीले नागरिकको चाहना
अनुरुपनै मुस्ताङ सम्मको यात्राका लागि हिटर जडान भएको गाडी सञ्चालनमा ल्याएको छ ।
विगतमा म्याग्दी बेनी देखि काठमाडौं सम्मको आरामदायी यात्रा प्रदान गर्दै आईरहेको म्याग्दी कोरला यातायात प्रालीले यात्रुहरुको चाहना र
मुस्ताङको मौसमलाई लक्षित गरि हिटर जडान भएको गाडी सञ्चालन गर्ने भएको हो । गाडीमा आरामदायी २७ सिट छन् । पोखरा देखि
मुस्ताङ सम्मको यात्रामा यात्रुले सेवाशुल्क बापत रु ११ सय दिनुपर्ने छ । जस्मा कफि,नास्ता र कोल्ड ड्रिङक्स लगायतका सेवासुविधा
यात्रुले पाउने प्रालीका सञ्चालक नरेश रोकायले बताए । ‘अहिले हामीले ५ वटा गाडीहरुमार्फत सेवासुविधा प्रदान गरिरहेका छौ, उनले भने,
आगामी दिनमा सुपरडिलक्स लगायतका गाडी मार्फत पनि सेवा दिने लक्ष्य रहेको छ ।’
७ जना युवाहरु नरेश रोकाय, प्रकाश पौडेल,नगेन्द्र केसी, धन कुमार पुन, सुरज केसी, मोहन केसी र अर्जुन आचार्यको
संयुक्त लगानीमा सञ्चालन गरिएको प्रालीले म्याग्दीमा आफ्नो प्रदान कार्यलय स्थापना गरि सेवा दिदैं आईरहेको छ । सुविधासम्पन्न,
आरामदायी र सुरक्षित यात्राको खोजीमा यात्रुहरु हुने भएकाले आफुहरुले यस्तो प्रकारको गाडी सञ्चालनमा ल्याएको रोकायले बताए ।
६ महिना अघिनै विधिवत रुपमा दर्ता भई स्थापना गरिएको प्राली मार्फत गण्डकी प्रदेशमा आन्तरिक बाह्य पर्यटन प्रर्वद्धन गर्ने हेतुले सेवा
गरिरहेको उनले बताए । राज्य निर्माणमा आम युुवाको पनि दायित्व बोध गर्दै उद्यम तर्फ लागेको उनको भनाई थियो । आर्थिक समृद्धिका
कुरा आईरहँदा प्रदेशको समुन्नत विकास निम्ती अब हरेक युवाहरु केहि न केहि उद्यममा लाग्नुपर्ने उनको धारणा थियो ।
विहीबार पोखरामा एक कार्यक्रमको आयोजना गर्दै प्रालीले पोखरा देखि मुस्ताङ सम्मको यात्रा सुरुवात गरेको छ । कार्यक्रमको उदघाटन
गर्दै गण्डकी प्रदेशका प्रतिनिधी सभाका सदस्य माननिय प्रदिप गिरीले राजनितिक परिवर्तनमा महत्वपुर्ण योगदान दिएका युवाहरुको जमात
उद्यमशिलतामा लागेको देख्दा खुशी लागेको बताए । सुखि नेपाली समृद्ध नेपाल बनाउन अब सबै युवाहरु उद्यममा लाग्नु पर्ने उनको भनाई
थियो । श्रम गरेर खाने बानी भयो भने हरेक क्षेत्रमा सफलता मिल्ने बताउदै यसले समग्र गण्डकी प्रदेशमै ठूलो आर्थिक परिवर्तन आउने
गिरीले बताए । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव पहारीले हरेक युवाहरु अब कुनै न कुनै उत्पादनमा लाग्नुपर्ने बताए ।
हिजो राजनितिक परिवर्तनका निम्ती आफ्नो ज्यानको आहुती दिने गरि लागि परेका नरेश, प्रकाश जस्ता युवाहरुको समुहले म्याग्दी
कोरला प्रालीको दर्ता गरि उद्यममा लागेको देख्दा उदारणीय भएको उनले बताए । अब सबै राजनितिक सामाजिक व्यत्तिहरु पनि
उद्यमशिलतामा लाग्न उनले आग्रह गरे । अहिले कोरला देखि सुस्तासम्म फास्ट ट्रयाकको लागि रकम पनि विनियोजन गरिएको छ ।
अब गण्डकी प्रदेशमा ठूलो सम्भावना रहेको पहारीले बताए ।
एउटै व्यावसायलाई पनि अरु भन्दा फरक र नविनतम कसरी बनाउने त्यता तर्फ पनि लाग्नुपर्ने उनको धारणा थियो । उनका अनुसार
प्रदेश सरकारले प्रदेशको प्राकृतिक स्रोतसाधनको सुरक्षाका निम्ती मोडालिटी तयार पारेको छ । अब छिट्टै फेवातालको आकार वृद्धिबाट
सुरुवात गरिने उनले विश्वास दिलाए ।
प्रदेशकै प्रदेश सभा सदस्य मुस्ताङका जनप्रतिनिधी ईन्द्रधारा बिष्टले प्रालीबाट नागरिकको गुनासो नआउने गरि सेवा पाउने आफु विश्वस्त
रहेको बताए । मुस्ताङमा यातायात सञ्चालनमा आएका कठिनाई, बाधाअडचनका विषयमा आफुसँग कुरा राख्न उनले व्यावसायीलाई
आग्रह गरे ।
यससँगै आज बाट नियमित रुपमा मुस्ताङकालागि सुविधासम्पन्न गाडी छुटेको छ । प्रालीले बेनी काठमाडौंका लागि ३० सिटको बस पनि
सञ्चालन गरि रहेको छ । भविष्यमा सौर्य र विद्युतिय गाडीहरु पनि सञ्चालन गर्ने प्रालीको लक्ष्य छ ।
Facebook Comments