पृथ्वीनारायण क्याम्पस गेट अगाडी प्रहरी र विद्यार्थीबीच झडप, ४ बिद्यार्थी घाइते


पोखरा, १७ माघ /पोखराको पृथ्वीनारायण क्याम्पस गेट अगाडी प्रहरी र विद्यार्थीबीच झडप भएको छ । नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अन्तर्गत हिजो साँझ मसाल जुलुस निकाल्ने क्रममा झडप भएको हो । मसाल जुलुस निकाल्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको विद्यार्थीहरुले बताएका छन् ।
प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीले ढुंगा प्रहार गरेका थिए । प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । झडपमा परि नेविसंघका ४ जना विद्यार्थी घाईते भएका छन् । गोविन्द नेपाली, राज आचार्य, अमृत पौडेल, भरत पोखरेल अञ्जान घाइते भएको नेविसंघले जनाएको छ । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
कास्की प्रहरीले कुनैपनि हस्तक्षेप नगरेको बताएको छ । कास्की प्रहरी डिएसपी रवीन्द्रमान गुरुङले विद्यार्थीले नै ढुंगामुढा गरेको तर प्रहरीले कुनै प्रतिकार नगरेको बताए । घटना सामान्य रहेको उनको भनाई छ । मसाल जुलुस निकालेपछि कोणसभा गरेर गरेको थियो । कोणसभालाई विद्यार्थी नेताहरुल सम्बोधन गर्दै सरकारको विरोध गरेका थिए ।
Facebook Comments