नेपालले खेल्ने ८ राष्ट्र सहभागी टी–२० क्रिकेट सर्‍यो

फागुन २२ । केन्यामा आयोजना हुने भनिएको ८ राष्ट्र सहभागी हुने ट्वेन्टी–२० क्रिकेट शृंखला सरेको छ ।

‘एट नेसन ए टिम्स टी–ट्वेन्टी क्रिकेट सिरिज’ नामक सो प्रतियोगिता झन्डै तीन हप्ता पछाडि सरेको नेपाली राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले जनाएका छन् ।

आयोजक केन्या क्रिकेटले प्राविधिक कारण जनाउँदै प्रतियोगिता तीन हप्तासम्म सर्नसक्ने जनाएको छ ।

यसअघि, आगामी चैत ८ देखि १७ गतेसम्म प्रतियोगिता आयोजना हुने तय भएको थियो ।

नयाँ मिति छिट्टै सार्वजनिक गर्ने पनि केन्या क्रिकेटले जनाएको छ ।

प्रतियोगितामा नेपाल र केन्यासहित ८ राष्ट्रले सहभागिता जनाउने बताइएपनि सबै राष्ट्रको टुंगो लागिसकेको छैन ।

सन् २०२० को विश्वकप ट्वेन्टी–२० को अगस्टमा हुने एसिया छनोटको तयारीका लागि नेपाललाई यो प्रतियोगिता उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ । 

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *