नेपालमा कोरोनाबाट मृत्यु हुने संख्य २०७ पुग्य

5 / 100


भाद्र १३, पोखरा
हुम बहादुर गुरुङ्ग
नेपालमा शनिबार कोरोनाभाईरसबाट थप १२ जनको मृत्यु भएको छ । यो सँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । मृतक मध्ये ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाण्डौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए ।
यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाण्डौ र भक्तपुरका १–१ जना गरी ८ जना पुरुषको मृत्यु भएको उनले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ । जसमा २४२ महिला र ६४२ पुरुष रहेको छन् ।
हालसम्म कारोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जनाको निको भएको छन् । कोरोना संक्रमित भई कुल १६५७८ जना उपचार गरिरहेको छन् भने अहिले सम्म नेपालका कोरान संक्रमित संख्या कुल ३७३४९ पुगेको छ ।
गण्डकी प्रदेशमा थप ७ जना संक्रमित संगै कुल २०९४ जनामा कोरोना पुष्टि भएको छ ।

0Shares

Facebook Comments