नेपालको क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्गकिलोमिटर नै हो ?


काठमाडौं । नेपालको जनसंख्या प्रत्येक १० वर्षमा गणना हुन्छ । मानिसको जन्म र मृत्युको नियमित प्रक्रियाका कारण निश्चित समयचक्रमा देशको जनसंख्या गणना गरिन्छ । तर देशको भूगोल स्थिर रहने भएकाले यसको मापन बारम्बार गरिरहनु पर्दैन ।नेपालको सन्दर्भमा भने त्यो मान्यता पालना गर्दा युगौंसम्म पनि जनता ठूलो भ्रममा सीमित रहनुपर्ने अवस्था देखा परेको छ । दशकौंदेखि नेपालको भूगोल तथा क्षेत्रफलबारे हाम्रा पाठ्यक्रममा उल्लेख भएको तथ्य हो– नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्गकिलोमिटर ।
के
यही हो त नेपालको वास्तविक क्षेत्रफल ? गम्भीर प्रश्न खडा भएको छ । खासगरी
सीमा अतिक्रमणका मुद्दा समयसमयमा झेल्नु परिरहेको अवस्थामा दशकौंदेखि
हामीले पाठ्यक्रममा अध्ययन–अध्यापन गराउँदै आएको १ लाख ४७ हजार १८१ वर्ग
किलोमिटर नै नेपालको वास्तविक क्षेत्रफल हो ? अहिले नेपालसँग उक्त परिमाणमा
भूभाग छ ? प्रश्न उठ्नु स्वाभाविक हो ।क्षेत्रफल नै गलत !
सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार नेपालको क्षेत्रफलको तथ्यांक नै
दशकौंदेखि गलत उल्लेख गरिएको छ । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१
वर्गकिलोमिटर भित्र लिम्पियाधुरा क्षेत्र समावेश नभएको उनले बताए ।
‘१ लाख ४७ हजार १८१ वर्गकिलोमिटर क्षेत्रफल भनेर हामीले भनिरहँदा यो क्षेत्रफलभित्र लिम्पियाधुरा पर्दैन । उनले भने, ‘यसमा लिपुलेक र कालापानी समावेश भए पनि लिम्पियाधुरा समावेश छैन ।
नापी विभागका सूचना अधिकारी दामोदर ढकाललाई भने नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्गकिलोमिटरभित्र हाल भारतसँग विवाद बढेको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश छ कि छैन भन्नेसम्म पनि जानकारी छैन । रातोपाटीसँग उनले भने, ‘यस्तो कुरा त म अहिले कसरी भन्न सक्छु र ? मलाई यसबारे ठ्याक्कै जानकारी छैन ।’
Facebook Comments