नेकपाको सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लाग्ने सम्भावना

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बुधबार पनि बस्दैछ । दिउँसो १२ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनबारे टुङ्गो लगाउनेबारे छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले बुधबार कार्यविभाजन टुङ्ग्याउने गरी छलफल सुरु गरेको गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।

मंगलबारको बैठकमा कार्यविभाजनको कार्यसूचिमा छलफल सुरु भएको र छलफल सहमति नजिक पुगेकाले बुधबारको बैठकले टुंगो लगाउने सम्भावना रहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

एकतापछि नेकपामा ४४१ केन्द्रीय सदस्य छन् । नेकपाको सचिवालय बैठक यही जेठ २ गतेपछि यता बस्न सकेको थिएन ।

यही जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो । पार्टी एकतापछि पोलिटब्यूरो गठनसमेत हुन सकेको छैन ।

0Shares

Facebook Comments