निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि सहजीकरण भएको : कृषिमन्त्री अर्यालको भनाई
कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् । गत वर्षको बन्दाबन्दीमा किसानहरू प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताइन् ।
मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधिको ओसारपसार, मासु, अन्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रूपमा सञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन् । अहिले देशका केही स्थानमा कृषि उपजको बजारीकरणमा समस्या देखिएको गुनासो आएको र यसलाई सम्बोधन गर्न सात प्रदेशका कृषिमन्त्री र सचिवसँग छलफल गर्न लागिएको बताइन् ।
यस्तै, कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा बन्दाबन्दी लम्बिन सक्ने र यसले कृषि क्षेत्रलाई थप असर गर्ने कुरालाई ध्यान दिँदै किसान तथा व्यवसायीलाई सरकारले गर्न सक्ने सहयोगबारे अध्ययन–छलफल गर्न मन्त्रालयले कार्यदल बनाएको पनि मन्त्री अर्यालले बताइन् । यो कार्यदलले बन्दाबन्दीले किसानलाई पर्न गएको असुविधा र क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिनेबारे पनि सुझाब दिने मन्त्री अर्यालले बताइन् ।
मन्त्री अर्यालले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको बताइन् । यस्तै, देशका केही कृषि बजारहरूलाई खुला राख्नेगरी तयारी भइरहेको बताइन् । अघिल्लोपटकजस्तो दुःख अहिले किसानले भोग्न नपरेको मन्त्री अर्यालको भनाइ छ । कृषि मन्त्रालयले सबै तहका सरकार र सरोकारवालाहरूसँग समन्वय गरेर काम भइरहेको बताइन् ।
apostle fm asal chimmiki biren smriti cup britain lockdown BT cup b t cup checking corona corona corona in indian corona in nepal corona virus corona virus in nepal corona virus in nepali corona virus in pokhara covid-19 covid 19 in nepali cricket dengu dr.govinda gandaki pradesh health minister of nepali home minister india italy karnali pradesh lockdown in nepal lockdown in pokhara london ltaly situation maleria minister of finance mistry of nepal nepal nepali minister nepali pop song nepal visit news nirbhaya pokhara prime minister radio tablets university in gandaki virus vitamin c
Facebook Comments